टीबीसी स्टार्टअप फेस्ट प्रतियोगिता सम्पन्न

हिमाल प्रेस ८ साउन २०८० २०:०९ | Monday, July 24, 2023
टीबीसी स्टार्टअप फेस्ट प्रतियोगिता सम्पन्न

काठमाडौँ- द ब्रिटिस कलेज(टीबीसी) स्टार्टअप फेस्ट–२०२३ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणासहित समापन गरिएको कलेज प्रशासनले जानकारी दिएको छ।

टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचार राखेका थिए। सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हासिल गरेको कलेजको भनाइ छ।

रधिक थापाको नेतृत्वमा रहेको उक्त टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’बारे विचार राखेको थियो। विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ।

साथै उक्त टिमका सदस्यहरूले टीबीसीको इन्क्युबेशन सेन्टरको एक्सेस समेत पाएका छन्। त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरू भर्ना गर्नेबारे विचार प्रस्तुत गरेका थिए।

उनीहरुले पुरस्कारस्वरुप ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। तेस्रो स्थान ‘बायो–इन्जाइम’ टिमले हासिल गरेको छ। यस टिमले पुरस्कारस्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेको छ। टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरूका लागि आफ्नो उद्यमशील विचार प्रस्तुत गर्ने र उनीहरूको स्टार्टअपमा लगानी गर्ने उद्देश्यले सुरु भएको हो।

प्रकाशित: ८ साउन २०८० २०:०९ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast