झापा इनर्जीको आईपीओ आउँदै

हिमाल प्रेस २९ असार २०८० १९:१९ | Friday, July 14, 2023
झापा इनर्जीको आईपीओ आउँदै

काठमाडौँ– झापा इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले ६ लाख ६६ हजार ६०० कित्ता सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले झापाको शिवसताक्षी–४ मा १० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण गरिरहेको छ। आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ।

आयोजनाको लागत ८० करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २५ वर्षको लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ।

प्रकाशित: २९ असार २०८० १९:१९ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast