झापाबाट काठमाडौँ आउँदै गरेको रात्रिबस चितवनमा दुर्घटना

हिमाल प्रेस २९ असार २०८० ८:२४ | Friday, July 14, 2023
झापाबाट काठमाडौँ आउँदै गरेको रात्रिबस चितवनमा दुर्घटना

काठमाडौँ– झापाबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ। बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको सो बस बिहान ५:२० बजे अनियन्त्रित भई पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ दासढुंगामा भएको उक्त दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ। सडकबाट झण्डै १० मिटर तल खसेको बस रुखमा अड्किएको थियो।

बस चालकसहित घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०८० ८:२४ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast