जुम्लामा चट्याङबाट ५० भेडाबाख्रा मरे

हिमाल प्रेस ३० असार २०८० ११:५० | Saturday, July 15, 2023
जुम्लामा चट्याङबाट ५० भेडाबाख्रा मरे प्रतीकात्मक तस्बिर।

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्।

बिहीबार परेको चट्याङले ती भेडाबाख्रा मरेका हुन्। चट्याङ पर्दा आएको आवाजका कारण ७० भेडाबाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।

चट्याङले ४२ बाख्रा र ८ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए।

स्थानीयवासी कृष्ण ऐडी, र मिम बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो।

पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ।

भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरूले बताए।

‘यही पेसाबाट आम्दानीको माध्यम बनेको थियो। घर खर्चदेखि बच्चाको पढाइ खर्च धानेको थियो,’ उनले भने।

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए।

‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौं। राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौं,’ उनले भने।

प्रकाशित: ३० असार २०८० ११:५० | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast