जीडब्लूएमका गाडीमा एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा लगानी गर्ने

हिमाल प्रेस १० साउन २०८० १४:४७ | Wednesday, July 26, 2023
जीडब्लूएमका गाडीमा एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा लगानी गर्ने

काठमाडौँ- नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालि र एभरेष्ट बैंकबीच वित्तीय सुविधाका लागि सम्झौता भएको छ। यसअनुसार एभरेष्ट बैंकले जीडब्लूएमका हाभल जोलायन, हाभल एच–६, ओरा–०३ लगायत गाडीमा कर्जा लगानी गर्नेछ।

जीडब्लूएमका गाडी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ७ वर्षको अवधिको लागि मूल्यको ८० प्रतिशतसम्म लगानी गर्नेछ। त्यस्तै तीन वर्षको लागि कर्जा लिने ग्राहकले १०.८० प्रतिशतको ब्याजदर पाउनेछन्। यसमा ५० प्रतिशत मात्रै लगानी गर्दा बैंकले ०.५० प्रतिशत छुट दिने सम्झौता उल्लेख गरिएको छ।

प्रकाशित: १० साउन २०८० १४:४७ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast