जातीय विभेद तथा छुवाछूतविरुद्ध बुटवलमा प्रदर्शन

हिमाल प्रेस २५ असार २०८० २०:२० | Monday, July 10, 2023
जातीय विभेद तथा छुवाछूतविरुद्ध बुटवलमा प्रदर्शन

बुटवल- जातीय विभेद तथा छुवाछूतविरुद्ध मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीमा प्रदर्शन गरेको छ।

पछिल्लो पटक जुम्लामा अन्तरजातीय विवाह गरेको निहुँमा घर जलाइएको र दाङमा कोठाभाडा नदिएको घटना सार्वजनिक भएपछि सोविरुद्ध शान्ति समाजले सोमबार बुटवलमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर, दण्डहीनताको अन्त्य गरलगायतका प्लेकार्ड बाेकेका थिए।

प्रदर्शनपछि आयोजित कोणसभामा समाजका निवर्तमान सभापति गोबिन्द खनालले सरकारले जातीय छुवाछूत अन्त्यको घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए।

देशमा अझै पनि दलित समुदायका नागरिक कुनै न कुनै माध्यमबाट छुवाछूत तथा जातीय विभेदमा परिरहेका बताए।

मानवअधिकार तथा शान्ति समाजले हरेक किसिमका विभेदविरुद्ध सशक्त रूपमा देशव्यापी आवाज उठाउने उनको भनाइ थियो। ‘हाम्रो अभियान जातीय छुवाछूतविरुद्ध हो,’ उनले भने, ‘छुवाछूत मानवता विरुद्धको अपराध हो।’

प्रकाशित: २५ असार २०८० २०:२० | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast