जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

हिमाल प्रेस ५ साउन २०८० १६:०४ | Friday, July 21, 2023
जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

जाजरकोट- जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ।

सम्भाव्यता अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरणको काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए।

जाजरकोट सदरमुकामदेखि पाँचकाटिया, हानिसल्ला, काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएकाले यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै मुगुको रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले सुरुङ आवश्यक भएको सिंहको भनाइ छ।

अहिले जाजरकोट सदरमुकामबाट बारेकोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ। हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन्।

सदरमुकाम खलंगाबाट पाँचकाटिया हुँदै सुरुङमार्ग निर्माणस्थलसम्म सडक निर्माण जारी छ।

जुम्लाबाट कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङमार्ग हुँदै नेपालगञ्ज, सुर्खेत ७ घण्टा छिटो हुने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आसुतोश कर्णले जानकारी दिए। –रासस

प्रकाशित: ५ साउन २०८० १६:०४ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast