जलेश्वर भन्सारको राजस्व असुलीमा कमी

हिमाल प्रेस ६ साउन २०८० १७:४१ | Saturday, July 22, 2023
जलेश्वर भन्सारको राजस्व असुलीमा कमी फाइल तस्बिर।

जलेश्वर- महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो।

जलेश्वर भन्सार कार्यालय प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ६३ करोड ९१ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकाे थियाे। कार्यालयले दुई अर्ब ८१ करोड ७३ लाख रुपैयाँ असुल गरेको छ।

उक्त राजस्व आर्थिक वर्ष २०७८/७९ तुलनामा २२ प्रतिशत अर्थात् ८२ करोड रुपैयाँ कम हाे। प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलुप्याज ढुवानीलगायतमा कमी आएका कारण राजस्व कम असुल भएको हो। जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ। रासस

प्रकाशित: ६ साउन २०८० १७:४१ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast