जनमुखी भएर काम गर्न सरकारी कर्मचारीहरूलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस ३१ असार २०८० १२:२६ | Sunday, July 16, 2023
जनमुखी भएर काम गर्न सरकारी कर्मचारीहरूलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन्।

सिंहदरबारमा आइतबार आयोजित शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

आन्तरिक रूपमा सरकारी संगठनहरूलाई संस्थागत गरी सुदृढ बनउने काम सरकारले गरिरहेको उनको भनाइ छ।

मन्त्रालयमा विधि, पद्धतिको पालना, स्वच्छ ढंगले काम गर्ने, कर्मचारीहरूलाई जनमुखी कसरी बनाउने भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने उनले जनाए।

सरकारी कार्यालयलाई भ्रष्टाचार, अनियमितता र अवाञ्छित चलखेलमुक्त राख्न उनले कर्मचारीहरूलाई निर्देशन दिए।

‘सरकारी कार्यालयहरूलाई भ्रष्टाचारबाट मुक्त राख्नुपर्छ,’ उनले भने, ‘कर्मचारीको कार्यदक्षता नबढाई परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन। यसमा पनि हामीले ध्यान दिनुपर्छ।

डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ।’

कार्यक्रममा सुरक्षासम्बद्ध निकायका कर्मचारी साथै यस क्षेत्रका पूर्वउच्च अधिकारीहरू उपस्थित थिए।

प्रकाशित: ३१ असार २०८० १२:२६ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast