डा.सीके राउत।
काठमाडौँ- जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। बैठक आगामी साउन १८ गते बस्नेगरी आह्वान भएको पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए।
उनका अनुसार समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको बैठक आह्वान भएको हो।
यसअघि गत असार २९ गष्ते पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको थियो। सो बैठकको निर्णय अनुसार अहिले जनमत पार्टीमा १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति छ।
पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ।
प्रकाशित: ९ साउन २०८० १५:५२ | Tuesday, July 25, 2023
प्रतिक्रिया




