छेङ्दु-काठमाडौँ रुटमा तीन उडान थप्दै सिचुआन एयरलाइन्स

हिमाल प्रेस १५ साउन २०८० १४:२९ | Monday, July 31, 2023
छेङ्दु-काठमाडौँ रुटमा तीन उडान थप्दै सिचुआन एयरलाइन्स

काठमाडौँ- चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले छेङ्दु–काठमाडौँ रुटमा दैनिक उडान गर्ने भएको छ।

अगस्ट अन्तिम साताबाट थप तीन उडान थप्ने तयारीमा रहेको कम्पनीले जानकारी दिएको छ। सिचुआनले अहिले काठमाडौं–छेङ्दु सातामा ४ वटा उडान गर्दै आएको छ।

कोभिड–१९ का कारण बन्द भएको उडान सिचुआन एयरलाइन्सले गत मार्चबाट पुनः नियमित गरेको थियो। सेप्टेम्बरबाट चिनियाँ पर्यटकको आउजाउ बढ्ने भएकाले उडान थप्न लागेको कम्पनीको भनाइ छ।

सिचुआनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडानका लागि तयारी गरिरहेको छ।

प्रकाशित: १५ साउन २०८० १४:२९ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast