चिनियाँ परराष्ट्रमन्त्री काङ बर्खास्तसँगै पुरानै मन्त्री यीले सम्हाले जिम्मेवारी

हिमाल प्रेस ९ साउन २०८० १९:५९ | Tuesday, July 25, 2023
चिनियाँ परराष्ट्रमन्त्री काङ बर्खास्तसँगै पुरानै मन्त्री यीले सम्हाले जिम्मेवारी

काठमाडौँ- चीन सरकारका परराष्ट्रमन्त्री छिन काङलाई पदबाट बर्खास्त गर्दै उनको स्थानमा वाङ यीलाई ल्याइएको छ। नेपाल मामिलाका समेत जानकार रहेका यीलाई राष्ट्रपति सीले दोस्रो पटक परराष्ट्रमा ल्याउनु र अमेरिकामा समेत राजदूत रहेर काम गरिसकेका काङलाई परराष्ट्र मन्त्रीबाट निकाल्नुको कारण भने स्पष्ट छैन।

काङको बर्खास्ती र यीको नियुक्ति बारे चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले समाचार सम्प्रेषण गरेको छ। गत तीन सातादेखि नै काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। यद्यपि उनी के कारणले बर्खास्तीमा परे अझै खुलेको छैन।

राष्ट्रपति सीका अतिनिकट मानिएका काङ नै अचानक बर्खास्तीमा परेपछि बेइजिङको राजनीति र चिनियाँ सरकारबारे विभिन्न टीकाटिप्पणी हुन थालेको छ। यी लामो समय अर्थात २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री नै थिए। उनकै स्थानमा गत डिसेम्बरमा काङ आएका हुन्।

५७ वर्षीय काङलाई कुशल कूटनीतिज्ञको संज्ञा चीनमा दिइने गरिएको थियो। उनी राजदूत रहँदैमा परराष्ट्रमन्त्ती भएर आएका थिए। तीन साता अघि जकार्तामा भएको दक्षिण एसियाली राष्ट्रहरूको संगठन (आसियन)को सम्मेलनमा स्वास्थ्य समस्या देखाउँदै काङ परराष्ट्रमन्त्रीको रुपमा सहभागी थिएनन्।

चीनको राजनीतिक केन्द्रमा सन १९८० देखि रहँदै आएका र सी निकट व्यक्ति यसरी रहस्यमयी अनुपस्थिति र बर्खास्तीले पनि उनी चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) नेतृत्वको पक्षबाट बाहिर गएको संकेतको रुपमा लिइएको छ। उनी खास गरी विदेश मामिलामा बढी सक्रिय थिए। उनले चीनलाई विश्वमा अब्बल मुलुकको रुपमा उभ्याउन पनि भूमिका खेलेका थिए।

सी निकटका यस्ता व्यक्ति आचानक हराउनुमा कि सीले नयाँ योजना बुनेको अनुमान गरिएको छ। कि त सी सीपीसीमा कमजोर हुँदै गएको र उनी इतरका पक्षको हाबी हुन थालेको हुनुपर्छ। सीले पछिल्लोपटक भूमिकाविहीन बनेका यीलाई पुन भूमिकासहित किन ल्याए खुलेको छैन।

प्रकाशित: ९ साउन २०८० १९:५९ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast