चितवनको मुग्लिङ-नारायणगढ सडक खण्डमा पहिरो, सडक पूर्ण अवरुद्ध

हिमाल प्रेस ९ साउन २०८० ८:२२ | Tuesday, July 25, 2023
चितवनको मुग्लिङ-नारायणगढ सडक खण्डमा पहिरो, सडक पूर्ण अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- चितवनको मुग्लिङ-नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ।

बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ।

 

प्रकाशित: ९ साउन २०८० ८:२२ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast