गौर बन्द कार्यक्रम स्थगित

हिमाल प्रेस १५ साउन २०८० ९:४६ | Monday, July 31, 2023
गौर बन्द कार्यक्रम स्थगित

काठमाडौँ- गौर हत्याकाण्डका पीडितहरूले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित भएको छ। आइतबार गौर हत्यकाण्ड पीडित संघर्ष समितिकी अध्यक्ष रुपसागर देवी उपाध्यायले एक विज्ञप्ति जारी गरी अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी हुन्।

केही दिनदेखि सो हत्याकाण्डका पीडितहरूले न्यायको माग राख्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेका थिए। संघर्षका कार्यक्रम अन्तर्गतको अनिश्चितकालीन बन्दको कार्यक्रम भने हाललाई स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । पीडितहरुले साउन १ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न माग राखी ज्ञापनपत्र पनि बुझाएका थिए।

सो हत्याकाण्डका पीडितहरुले सत्ताको नेतृत्व गरिरहेका पार्टीको नाममा धम्की दिइएको आरोप लगाउँदै संघर्षका कार्यक्रमलाई भने परिमार्जनसहित दृढताका साथ अघि बढाउने चेतावनी दिएका छन्।

प्रकाशित: १५ साउन २०८० ९:४६ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast