गौर आन्दोलनमा सहभागी नभएको जनमतको स्पष्टीकरण

हिमाल प्रेस १३ साउन २०८० ७:११ | Saturday, July 29, 2023
गौर आन्दोलनमा सहभागी नभएको जनमतको स्पष्टीकरण जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीले रौतहटको गौरमा भइरहेको ६ दलको आन्दोलनमा आफ्नो संलग्ता नरहेको जनमत पार्टीले स्पष्टीकरण पारेकी छ।

जिल्ला समन्वय समिति रौतहटले रौतहटको गौरमा भइरहेको ६ दलको सर्वदलीय/सर्वपक्षीय संघर्ष समिति, रौतहटको नामबाट भएको प्रेस विज्ञप्ती जारी, धर्ना, जुलुश र ज्ञापनपत्र लगायतका अन्य कुनैपनि क्रियाकलापमा आफ्नो दलको संलग्नता नभएको स्पष्ट पारेको हो।

सो दलका जिल्ला इन्चार्ज वृजकिशोर यादवले आज एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेका हुन्। पछिल्लो समय गौर हत्याकाण्डका पीडितहरूले रौतहटको गौरमा जुलुश निकालेर न्यायको अपिल गरेका थिए।

उनीहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवको नाममा नारा लगाएर गौर हत्याकाण्डको मुख्य दोषी भन्दै उनलाई कारबाहीको माग गरेका थिए। त्यसको काउन्टरमा जनता समाजवादी पार्टीले रौतहटमा ६ दलको नाममा संयुक्त जुलुश निकालेको थियो।

जसमा जनमत पार्टीको पनि नाम थियो। तर, आज सो दलले विज्ञप्ती निकालेर ६ दलको कुनैपनि कार्यक्रममा आफूहरुको संलग्नता नभएको जिकिर गरेको छ। यस्तै, यसअघि नेकपा माओवादी केन्द्रले पनि सो ६ दलको भनिएको कुनैपनि कार्यक्रममा आफ्नो दलको संलग्नता नभएको स्पष्ट पारिसकेको छ।

गौर हत्याकाण्डको विषयमा अहिले उपेन्द्र यादव र प्रभु साह आमनेसामने भएका छन्। आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पीडितहरुको न्यायको लागि साथ दिँदै आएका छन्।

प्रकाशित: १३ साउन २०८० ७:११ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast