गल्ती स्वीकारेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : रघुजी पन्त

हिमाल प्रेस २५ असार २०८० १९:५३ | Monday, July 10, 2023
गल्ती स्वीकारेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : रघुजी पन्त

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

सोमबार संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

‘प्रतिपक्षले माग्दैमा राजीनामा दिने हो भने गलत नजिर बस्छ भन्नुभयो प्रतिपक्षले बिना आधार राजीनामा माग्दैन,’ उनले भने, ‘उहाँले संसदमा उभिएर प्रधानमन्त्रीको रूपमा बोल्नु नहुने कुरा बोलेँ भन्ने अनि कसरी प्रधानमन्त्री छोड्दिन भन्न मिल्छ?’

सांसद पन्तले गल्ती स्वीकारेपछि नैतिक रूपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए।

प्रकाशित: २५ असार २०८० १९:५३ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast