गठबन्धनले कांग्रेस कमजोर भयो : कांग्रेस मधेश सभापति

हिमाल प्रेस ३ साउन २०८० १२:३२ | Wednesday, July 19, 2023
गठबन्धनले कांग्रेस कमजोर भयो : कांग्रेस मधेश सभापति

काठमाडौँ- नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले गठबन्धन गरेर जाने पार्टीको निर्णयले निर्वाचनमा ठूलो क्षति भएको बताएका छन्। बुधबारको पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै यादवले विगतमा कांग्रेस छोड्नेहरूसमेत फर्कने क्रम सुरु भएका बेला पार्टी नेतृत्वले अरू पार्टीसँग गरेको गठबन्धनले पार्टी थप कमजोर बनेको बताएका हुन्।

‘मधेश भनेको नेपाली कांग्रेसको जन्मभूमि हो। मधेशमा जब–जब बलियो भएको छ, तब–तब कांग्रेस सत्तामा छ। हामीले विगतको चुनावबाट मधेशमा कांग्रेसले गठबन्धन गर्दा ठुलो चोट लागेको छ,’ उनले भने, ‘एक्लै बहुमत ल्याउने मधेशमा केही विगतमा छोडेका साथीहरू फर्कने क्रममा थिए। तर, गठबन्धन गर्दा ६४ सिटमा २३ मा सीमित भयौँ।’

जनसंख्याको अनुपातमा मधेश बजेटमा पनि हेपिएको भन्दै उनले त्यसले कांग्रेसको अवस्था सुधारमा सहयोग नगर्ने बताए। उनले पनि प्रदेश संचनालाई पार्टीले हेपेको भन्दै केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गर्न माग गरे।

उनले प्रश्न गर्दै भने, ‘यो नचाहिने हो भने प्रदेश खारेज गरिदिनुस्। जिल्लाको नेतृत्व गरेका थियौँ, फेरि पनि गर्छौँ। तर, प्रदेश कायम हुन्छ भने उसलाई अधिकार दिनुपर्दैन, केन्द्रबाटै शासन गर्ने हो?

प्रकाशित: ३ साउन २०८० १२:३२ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast