कोशी सरकारविरुद्धको रिटमा आजबाट पूर्ण इजलासमा छलफल हुँदै

हिमाल प्रेस ९ साउन २०८० ६:४० | Tuesday, July 25, 2023
कोशी सरकारविरुद्धको रिटमा आजबाट पूर्ण इजलासमा छलफल हुँदै

काठमाडौँ- कोशी प्रदेश सरकारको मुद्दाको सुनुवाइ आज (मंगलबार) पूर्ण इजलासबाट हुँदैछ। नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो।

सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

सोमबार न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

अब यो मुद्दा मंगलबारदेखि नै तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ। पूर्ण इजलास आज तोकिने छ।

 

प्रकाशित: ९ साउन २०८० ६:४० | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast