कोशी सरकारविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासबाट

हिमाल प्रेस ८ साउन २०८० १६:०२ | Monday, July 24, 2023
कोशी सरकारविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासबाट सर्वोच्च अदालत

काठमाडौँ- कोशी सरकार गठनसम्बन्धी विवादमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

यसअघिका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेस गरेको रिटमाथि भएको बहसले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

रिटमाथि मंगलबारदेखि नै पूर्ण इजलासमा सुनुवाइ हुनेछ। उक्त रिटमाथि संवैधानिक इजलासमा बहस गर्ने कि पूर्ण इजलासमा भन्ने अन्योल थियो।

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेका थिए।

सभामुखको नाम र हस्ताक्षर समेत संलग्न भएको प्रस्तावका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उद्धव थापालाई कोशीको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

सरकार निर्माणमा सभामुखको संलग्नता भएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दिएका थिए।

प्रकाशित: ८ साउन २०८० १६:०२ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast