गठबन्धन दलको बैठक ।
फाइल तस्बिर
काठमाडौँ- सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक अपराह्न ४ बजेका लागि बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएर सरकार ढलेसँगै त्यहाँ नयाँ सरकार गठनका लागि आह्वान भइसकेको छ।
तर, ९३ सदस्य रहेको कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ सिट कुनै गठबन्धनको पनि पुग्ने अवस्था छैन। राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन।
एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन्। नेपाली कांग्रेसको २९, माओवादीको सभामुखसहित १३ सीट, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सिट छ।




