कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बन्छ : शेखर कोइराला

हिमाल प्रेस १२ साउन २०८० २०:०४ | Friday, July 28, 2023
कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बन्छ : शेखर कोइराला

मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।

विराटनगर विमानस्थलमा आज (शुक्रबार) साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कामचलाउ मुख्यमन्त्रीको रूपमा रहेका थापा कांग्रेस संसदीय दलका नेतासमेत रहेकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरेका हुन्।

नेता कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य राजनीतिक दल यससम्बन्धी पाठ सिकाउने धारणा राखे।

उनले महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताए।

प्रकाशित: १२ साउन २०८० २०:०४ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast