कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्धको पेसीको सुनुवाइ हुँदै

हिमाल प्रेस १० साउन २०८० ९:३९ | Wednesday, July 26, 2023
कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्धको पेसीको सुनुवाइ हुँदै

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको पेसीको आज (बुधबार) पनि सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि मंगलबार पूर्ण इजलासले सुनुवाइ गर्दै ‘हेर्दाहेर्दै’मा राखेको थियो।

आज मुख्यमन्त्री उद्धव थापाको जवाफ माग्ने तयारी रहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। पौडेलले यो मुद्दाको फैसला आजै आउने तयारी रहेको बताए।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए।

प्रतिवादी तर्फका कानुन व्यवसायीले मंगलबार नै बहस सुरु गरे पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

सोमबारमात्र न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो।

 

प्रकाशित: १० साउन २०८० ९:३९ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast