कोशीको मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाइ

हिमाल प्रेस २५ असार २०८० १६:१३ | Monday, July 10, 2023
कोशीको मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाइ सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा पर्दै स्थगित भएको छ। न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ नभएको हो।

यसअघि आइतबार पनि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ तोकिएर हेर्न नभ्याइनेमा परेको थियो।

नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि अहिले कोशीमा कांग्रेसका दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका छन्। थापा सभामुखसहितको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

एमालेले सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री हुनु असंवैधानिक भन्दै शुक्रबार रिट दायर गरेको थियो।

प्रकाशित: २५ असार २०८० १६:१३ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast