‘डिशहोम गो एप’मा अब कोरियन सिरिज हेर्न सकिने

हिमाल प्रेस ९ साउन २०८० १८:२५ | Tuesday, July 25, 2023
‘डिशहोम गो एप’मा अब कोरियन सिरिज हेर्न सकिने

काठमाडाैँ- लोकप्रिय कोरियन सिरिजहरू अब डिशहोममा हेर्न मिल्ने भएको छ। डिशहोमले विज्ञप्ति जारी गर्दै डिशहोमको ‘गो एप’मा लोकप्रिय कोरियन सिरिजहरू समावेश गरिएकाे बताएको छ।

गोब्लिन, द लोन्ली एन्ड ग्रेट गड, माइ लिटल बेबी, रिचम्यान, किङ इन द लभलगायत चर्चित कोरियन सिरिजहरू ‘गो एप’मा उपलब्ध रहेको विज्ञप्ति उल्लेख छ। यी सिरिजहरूले नेपाली दर्शक लाई मनोरञ्जन प्रदान गर्ने डिशहोमको विश्वास छ।

ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्न कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरू पनि थप्दै जाने योजना बनाइरहेको जानकारी दिएको छ।

प्रकाशित: ९ साउन २०८० १८:२५ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast