केही प्रदेशमा भारी वर्षाको सम्भावना, सडक र हवाई यातायात समेत प्रभावित बन्ने सक्ने

हिमाल प्रेस २६ असार २०८० ६:२२ | Tuesday, July 11, 2023
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सडक र हवाई यातायात समेत प्रभावित बन्ने सक्ने फाइल तस्बिर।

काठमाडौँ- देशका विभिन्न भूभागमा आज (मंगलबार) वर्षाको सम्भावना छ। सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।

हाल देशमा मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागको भनाइ छ।

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षे दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने विभिागले जनाएको छ।

त्यसैले हावाहुरी भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: २६ असार २०८० ६:२२ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast