कावा प्रधानमन्त्री खड्काले गरे वीरेन्द्र अस्पतालको निरीक्षण

हिमाल प्रेस ११ साउन २०८० २०:२९ | Thursday, July 27, 2023
कावा प्रधानमन्त्री खड्काले गरे वीरेन्द्र अस्पतालको निरीक्षण

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए।

खड्काले अस्पतालको जीओपीडी कम्प्लेक्स, इमर्जेन्सी वार्ड, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपीडीहरूसँगै निकट भविष्यमा निर्माण गरिने मास क्याजुअल्टी ट्रिटमेन्ट सेन्टर इलाकाको अवलोकन गरे।

सो अवसरमा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए।

कार्यवाहक प्रधानमन्त्री खडेकाले अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगत लगायतका सबै समस्याहरु समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए।

प्रकाशित: ११ साउन २०८० २०:२९ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast