कामका लागि बिदेसिनेको संख्या बढ्यो, ११ महिनामा ७ लाख १९ हजारले लिए श्रम स्वीकृति

हिमाल प्रेस २५ असार २०८० १२:३२ | Monday, July 10, 2023
कामका लागि बिदेसिनेको संख्या बढ्यो, ११ महिनामा ७ लाख १९ हजारले लिए श्रम स्वीकृति फाइल तस्बिर।

काठमाडौँ– चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख १९ हजार ६७७ जनाले श्रम स्वीकृति लिएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार संस्थागत र व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा ४६‍.६ प्रतिशतले बढी हो।

गत साउनदेखि जेठसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्रै ४ लाख ५९ हजार ४१५ पुगेको छ।  त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ०.५ प्रतिशतले बढेको छ।

दुई लाख ६० हजार २६२ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ। चालु आवको ११ महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको छ। यो अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ।

प्रकाशित: २५ असार २०८० १२:३२ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast