काठमाडौँ महानगरको बजेट पारित

हिमाल प्रेस ३० असार २०८० ९:१६ | Saturday, July 15, 2023
काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा पेस गरेको बजेट शुक्रबार सर्वसम्मत पारित भएको छ।  कामपा उपप्रमुख सुनिता डंगोलले असार १० गते आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन्। नगरसभाको शुक्रबार बसेको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेस गरेका थिए।

महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो। महानगरपालिकाले ल्याएको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ।

यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढंगले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो। अनि असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल शुक्रबार सकिएको थियो।

चालु आवको भन्दा आगामी आवका लागि कामपाले करिब १४ करोडले बढी बजेट ल्याएको छ। आगामी आवमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ। पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ। शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ।

प्रकाशित: ३० असार २०८० ९:१६ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast