 
                             
                                            काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले विभन्न तहमा कर्मचारी माग गरेको छ।
केयूकेएलले ०७९ पौष मसान्तसम्म रिक्त भएका पदहरू खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने भएको हो।
कम्पनीको प्रचलित कर्मचारी प्रशासन विनियमावली, २०६४ (दसौँ संशोधन) मा व्यवस्था भएबमोजिम देहायका योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
दरखास्त फाराम कम्पनीको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने सोमबार जारी सूचनामा भनिएको छ।
परीक्षा दस्तुर नबिल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति भौचर संलग्न गर्नु पर्ने छ ।
उमेर हकमा अधिकृत स्तरको सातौं, आठौं र नवौं तह पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, छैटौं तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।
महिला र अपांगता भएका व्यक्तिको लागि ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने छन्।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 