काठमाडौँमा लघुवित्तपीडितहरूको प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ ७ साउन २०८० १६:४६ | Sunday, July 23, 2023
काठमाडौँमा लघुवित्तपीडितहरूको प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- लघुवित्तपीडितहरूले आइतबार काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै पीडितहरूले आइतबार प्रदर्शन गरेका हुन्।

लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनतालाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालको अगुवाइमा माइतीघरदेखि भद्रकालीसम्म विरोध र्‍याली निकालिएको थियो।

उनीहरूले लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्नेलगायतका ५ बुँदे माग अघि सार्दै आन्दोलन गरिरहेका छन्।

प्रकाशित: ७ साउन २०८० १६:४६ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast