काठमाडौँबाट फोहोर बोकेका ट्रक सुरक्षाकर्मीको साथमा सिसडोल लगिँदै

हिमाल प्रेस ५ साउन २०८० १४:१० | Friday, July 21, 2023
काठमाडौँबाट फोहोर बोकेका ट्रक सुरक्षाकर्मीको साथमा सिसडोल लगिँदै फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सुरक्षा निकायलाई साथमा लिएर फोहोर व्यवस्थापनको प्रयास गरेको छ।

पाँच दिनदेखि उठ्न नसकेको फोहोर महानगरले शुक्रबार सशस्त्र प्रहरीसहितको साथमा नुवाकोट सिसडोल र बञ्चरेडाँडा पुर्‍याएको हो। महानगरपालिकाले काठमाडौँ उपत्यकाका १८ वटा पालिकाको फोहोर सिसडोलमा रहेको ल्यान्डफिल साइटमा व्यस्थापन गर्दै आएको छ।

तर गएका ५ दिनदेखि सिसडोलका स्थानीयवासीले फोहोर बोकेका ट्रक प्रवेशमा रोक लगाएका कारण काठमाडौँसहितका सहरको फोहोर उठ्न सकेको थिएन। फोहोर बोकेर पुगेका ट्रकहरू स्थानीयवासीको अवरोधका कारण सिसडोलमा नै रोकिएका थिए।

स्थानीयवासीहरूले आफूहरूलाई फोहोरबाट हुने क्षतिबापतको रकम तत्काल नदिए फोहोर फ्याँक्न नदिने अडान गरेका छन्। उनीहरूले ठूला गाडीको १ हजार ५ सय र साना गाडीको ५ सय रकम दिएपछि मात्रै फोहोर फ्याँक्न दिने भन्दै साउन १ गतेदेखि फोहोर बोकेका ट्रकलाई रोकेका थिए।

प्रकाशित: ५ साउन २०८० १४:१० | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast