प्रतीकात्मक तस्बिर।
काठमाडौँ- काठमाडौँको सामाखुसीमा नालीले एक बालक बगाएको छ। जिल्ला प्रहरी परिसर टेकु काठमाडौँका अनुसार १३ वर्षका साजन मगरलाई नालीको भलले बगाएको हो।
‘४:३० बजेतिर फुटसल खेल्न निस्केको र जाँदै गर्दा नालीमा खसेर बेपत्ता भएको भनेर ऊसँगै रहेका साथीले खबर गरपछि खोजी जारी छ,’ डीएसपी अनिल अधिकारीले भने, ‘प्रहरीको विपद् व्यवस्थापनको टोली पनि खटिएको छ। अहिलेसम्म पत्ता लागेको छैन।’
बेपत्ता बालक रातो कट्टु र कालो टिसर्ट लगाएको अवस्थामा बेपत्ता भएका हुन्।
प्रकाशित: ७ साउन २०८० १९:१६ | Sunday, July 23, 2023
प्रतिक्रिया




