काठमाडौँको फोहर विसर्जनस्थलमा आज पनि अवरोध, ११ बजे सर्वदलीय छलफल

हिमाल प्रेस ३ साउन २०८० ९:५६ | Wednesday, July 19, 2023
काठमाडौँको फोहर विसर्जनस्थलमा आज पनि अवरोध, ११ बजे सर्वदलीय छलफल फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँको फोहर विसर्जनस्थलमा स्थानीयले अवरोध गरेपछि सहरी विकास मन्त्रालयले आज छलफल बोलाएको छ।

मन्त्रालयले बिहान ११ बजे छलफलका लागि बोलाएको मन्त्रालयले जनाएको छ।

समस्या समाधान सम्बन्धमा यसअघि भएका पछिल्ला उच्चस्तरीय बैठकको निर्णय कार्यान्वयन गराउन गाउँपालिकाले विकास मन्त्रालयको हिजो ध्यानाकर्षण गराएको थियो। त्यसपछि आज सहरी विकास मन्त्री सीता गुरुङले स्थानीय र सरोकारवालालाई छलफलमा बोलाएकी हुन्।

आज पनि बिहानैदेखि नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले अवरोध जारी राखेका छन्। ककनी गाउँपालिकाले फोहोर बोकेका कन्टेनरसँग शुल्क उठाउने भनि गरेको निर्णय भने कार्यन्वयन नहुने भएको छ।

गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिएको छ।

प्रकाशित: ३ साउन २०८० ९:५६ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast