काठमाडौँका यी ठाउँमा शनिबार विद्युत आपूर्ति बन्द हुने

हिमाल प्रेस ५ साउन २०८० ७:४० | Friday, July 21, 2023
काठमाडौँका यी ठाउँमा शनिबार विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ– काठमाडौँमा शनिबार (भोलि) केही ठाउँमा विद्युत आपूर्ती बन्द हुने भएको छ।

विद्युत लाइन मर्मतको काम गर्नुपर्ने भएकाले केही ठाउँमा विद्युत आपूर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

टेकु-स्यूचारटार ६६ केभी प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले सानेपा, टुकु, पुलचोक, कालीमाटी आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो।

टेकु सवस्टेसनको इनकमर प्यानल र दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सवस्टेसनबाट विद्युत प्रवाह हुने ती फिडरहरूमा विद्युत बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: ५ साउन २०८० ७:४० | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast