कांग्रेस सांसद सुनिल शर्माको माग : तत्काल संसदीय दलको बैठक बोलाइयोस्

हिमाल प्रेस ९ साउन २०८० ६:३३ | Tuesday, July 25, 2023
कांग्रेस सांसद सुनिल शर्माको माग : तत्काल संसदीय दलको बैठक बोलाइयोस्

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा‍. सुनिल शर्माले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन्।

उनले संसदीय दलका सचेतकलाई पत्र लेख्दै समसामयिक विषयमा छलफल गर्नुपर्ने भएकाले तत्काल बोलाउनु पर्ने माग गरेका हुन्।

उनले पछिल्ला प्रकरणका विषयमा पनि संसदीय दलमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिएका छन्। उनले संसद बैठक साउन १० गते बस्दै गर्दा त्यसअघि नै कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

उनले मागसहित आज कांग्रेस संसदीय दलको कार्यालयमापत्र नै दर्ता गराएका छन्।

दर्ता नम्बर ३ रहेको उनको पत्रमा संसदीय दलको बैठक बोलाउन २५ प्रतिशत सांसदको हस्ताक्षर आवश्यक भए पनि पार्टीभित्र गुटबन्दी सिर्जना हुन सक्ने भन्दै आम सांसदहरूको मनोभावना र चाहना समेट्दै बैठक डाक्न आग्रह गरेका हुन्।

प्रकाशित: ९ साउन २०८० ६:३३ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast