कांग्रेस माओवादीको भरिया भयो : केपी ओली

हिमाल प्रेस १२ साउन २०८० १८:३२ | Friday, July 28, 2023
कांग्रेस माओवादीको भरिया भयो : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेकपा माओवादी क‍ेन्द्रको भरिया बनेको आरोप लगाएका छन्। शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सोम्बोधन गर्दै ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचारविरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुगेको आरोप लगाएका हुन्।

ओलीले कांग्रेस माओवादीको भरिया (ढाकर) बनेर लुरुलुरु हिँडिरहेको बताए। ओलीले माओवादीसँग पार्टी एकता हुँदा प्रचण्डले गुटको बैठक जारी राखेर बिग्रिएको बताए।

ओलीले एमालेसँग मुलुक बनाउने सही विचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दाबी गरे। उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तित्वका लागि पनि एमाले हार्न नमिल्ने उल्लेख बताए।

प्रकाशित: १२ साउन २०८० १८:३२ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast