कांग्रेस बैठकमा नयाँ विभागको औचित्यमाथि प्रश्न

हिमाल प्रेस ४ साउन २०८० १२:०३ | Thursday, July 20, 2023
कांग्रेस बैठकमा नयाँ विभागको औचित्यमाथि प्रश्न कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित नयाँ विभागमाथि प्रश्न उठेको छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबारको बैठकमा प्रस्तावित विभागमाथि प्रश्न उठाएका हुन्।

महामन्त्री गगनकुमार थापाले मंगलबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीमा थप २२ वटा विभाग थप गर्ने प्रस्ताव गरेका थिए। अहिले कांग्रेसमा ४८ वटा विभाग छन्। पाण्डेले भने, ‘तरुण विभाग पहिले नै छ। युवा तथा किशोरीकिशोरी विभाग बनाउने प्रस्ताव गरिएको छ। यी दुईबीच भिन्नता प्रस्ट पारिदिनुपरो।’

यस्तै उनले प्रस्तावित उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकासको औचत्यिमाथि पनि प्रश्न उठाए। केन्द्रीय सदस्य पाण्डेले भने, ‘उद्योग विभाग पहिल्यै रहेको अवस्थामा अर्को विभाग किन आवश्यक पर्‍यो? मलाई नमिलेको जस्तो लागेको छ।’

महामन्त्री थापाले सामाजिक सांस्कृतिक अभियान विभाग र धर्म संस्कृति समन्वय विभाग पनि प्रस्ताव गरेका छन्। यसअघि नेपाली कांग्रेसमा साहित्य कला तथा संस्कृति विभाग सक्रिय छ।

पाण्डेको प्रश्न छ, ‘साहित्य र धर्मसँग सम्बन्धित संस्कृति एउटै हो कि फरक हो? स्पष्टताका साथ आउनुपरो। कलासँग जोडिएको संस्कृति वा धर्मसँग जोडिएको संस्कृति फरक हो?’

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।

प्रकाशित: ४ साउन २०८० १२:०३ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast