कांग्रेस बैठकमा कानुनमन्त्री : उच्च तहका नेता र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गरौँ

हिमाल प्रेस ८ साउन २०८० १८:३० | Monday, July 24, 2023
कांग्रेस बैठकमा कानुनमन्त्री : उच्च तहका नेता र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गरौँ फाइल तस्बिर

काठमाडौँ- न्याय कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसको उपसभापतिसमेत रहेका मन्त्री गुरुङले देउवा सरकार गठन हुँदाको न्यूनतम साझा कार्यक्रममा नै ठूला भ्रष्टाचारका काण्डको छानबिन गर्ने भनेको भन्दै त्यसलाई अघि बढाउन नेपाली कांग्रेसको केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने बताए।

‘उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा, ठूला भ्रष्टाचारको छानबिन गर्ने कुरा अहिलेको होइन तपाईं प्रधानमन्त्री बन्दा न्यूनतम साझा कार्यक्रममा लेखिएको विषय हो,’ गुरुङले भने, ‘उच्च तहका नेताहरूको सम्पत्ति छानबिन होस् भनेर यो बैठकबाटै भन्नुपर्छ। उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन होस् भनेर पनि निर्णय गर्नुपर्छ। जनताले सुन्न चाहेको निर्णय यो हो सभापति महोदय र यही प्रस्ताव हामीले बैठकको निर्णयमा प्रतिविम्बित गरौँ।’

उनले पार्टी र नेतृत्व रूपान्तरण हुनुपर्छ भनेर मात्र नहुने भन्दै आफू रूपान्तररित हुने प्रण गर्नुपर्ने बताए। ‘कांग्रेस बदलिनुपर्छ भनेर हुँदैन। कर्म बदलौँ, व्यवहार बदलौँ,’ गुरुङले भने, ‘७५/७६ वर्षका सभापति बदिलिनुपर्छ भन्नुभन्दा म आफैँ बदलिने प्रण गर्दछु। कति सक्छु म प्रयासरत छु।’

प्रकाशित: ८ साउन २०८० १८:३० | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast