कांग्रेस केन्द्रीय समिति बैठकमा आज सदस्यहरूले धारणा राख्‍ने

हिमाल प्रेस ३ साउन २०८० ६:५६ | Wednesday, July 19, 2023
कांग्रेस केन्द्रीय समिति बैठकमा आज सदस्यहरूले धारणा राख्‍ने फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार ( हिजो)देखि सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्।

प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ। पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गरेका थिए।

मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए भने महामन्त्री गगन थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए।

यस्तै उपसभापति पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा विचार राखेका थिए भने प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको विषयमा बोलेका थिए।

प्रकाशित: ३ साउन २०८० ६:५६ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast