कांग्रेस केन्द्रीय समिति बैठक : संसद्‌मा एमाले, रास्वपालगायतका दल आक्रामक, अधैर्य र अपरिपक्‍व भए

हिमाल प्रेस २ साउन २०८० १६:१० | Tuesday, July 18, 2023
कांग्रेस केन्द्रीय समिति बैठक : संसद्‌मा एमाले, रास्वपालगायतका दल आक्रामक, अधैर्य र अपरिपक्‍व भए कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‌मा विपक्षी दलको भूमिका सन्तोषजनक नभएको आरोप लगाएका छन्। आजबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै लेखकले विपक्षी दलहरू आक्रामक, अधैर्य र अपरिपक्‍व भएको आरोप लगाएका हुन्।

‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ। बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ। अरु प्रतिपक्षीहरु आक्रामक छन्, अधैर्य छन् र अपरिपक्‍व पनि छन्,’ उनले भने, ‘केही दललाई संसदीय प्रक्रिया बुझ्नै समय लाग्ने देखिएको छ।’

लेखकले कांग्रेसले अहिले गठबन्धनको मात्रै नभई प्रतिपक्षीमा अधैर्य भएकोले संसद्को पनि नेतृत्व गरिरहेको बताए।

उनले प्रतिपक्षी दलहरू नेकपा एमाले, रास्वपा र राप्रपाप्रति टिप्पणी गरे। उनले आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन नेतृत्व गरेको भन्दै सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिए।

प्रकाशित: २ साउन २०८० १६:१० | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast