कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

हिमाल प्रेस १० साउन २०८० ९:२४ | Wednesday, July 26, 2023
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) सकिँदैछ। आज सभापति शेरबहादुर देउवाले जवाफ दिएर बैठक सक्ने कार्यसूची छ। यस्तै आज बैठकका लिखित निर्णय समेत गर्ने कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यसमितिको निर्णयका लागि मंगलबार पदाधिकारी बैठक बसेको थियो। केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी दिएको छ ।

मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको हो।
केन्द्रीय कार्यसमितिको निर्णयका लागि फेरि पदाधिकारी बैठक बस्ने तयारी समेत छ। पदाधिकारी बैठक अहिले ११ बजेलाई बोलाइएको छ।

प्रकाशित: १० साउन २०८० ९:२४ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast