कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

हिमाल प्रेस २ साउन २०८० १६:५६ | Tuesday, July 18, 2023
कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक सकिएको छ। अर्को बैठक बुधबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने सभापति शेरबहादुर देउवाले जानकारी दिए।

त्यस्तै कांग्रेसले पहिलोपटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको छ। बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले नेपालका राजनीतिक दलहरूको बैठक सञ्चालनको क्रममा यो पहिलोपटक यस्तो भएको सुनाए।

आजको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका थिए। बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ। भोलिदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।

प्रकाशित: २ साउन २०८० १६:५६ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast