कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण हुने

हिमाल प्रेस २ साउन २०८० ७:१७ | Tuesday, July 18, 2023
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण हुने नेपाली का‌ग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण हुने भएको छ। आज (मंगलबार)बाट सुरु हुन लागेको बैठकलाई कांग्रेसको फेसबुक पेजमार्फत लाइन गर्ने निर्णय भएको छ।

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गरेका थिए।

‘सभापति (देउवा)जीले नै प्रस्ताव गर्नुभयो। कति साथीभाइले हुन्छ भन्नुभयो। कतिले हुँदैन भन्नभयो,’ कांग्रेस नेता गोपालमान श्रेष्ठले भने,‘परीक्षणका लागि भए नि आजको बैठक लाइभ गर्ने निर्णय गरियो।’

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले एजेन्डा समेत तय गरेको श्रेष्ठले बताए।

प्रकाशित: २ साउन २०८० ७:१७ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast