कर्णालीमा देउडा बिदा

हिमाल प्रेस १ साउन २०८० ९:१६ | Monday, July 17, 2023
कर्णालीमा देउडा बिदा फाइल तस्बिर

कर्णाली- कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने संक्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ । बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रूपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ ।

त्यस्तै, यहाँका नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा सुर्खेत वीरेन्द्रनगर र जुम्ला खलंगामा विशेष कार्यक्रमका साथ सम्पन्न हुने कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिए।

वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ । यहाँस्थित घण्टाघर नजिक आज साँझ ७ बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताए।

प्रकाशित: १ साउन २०८० ९:१६ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast