कर्णालीका कारागारलाई पुस्तक

हिमाल प्रेस ७ साउन २०८० २०:५९ | Sunday, July 23, 2023
कर्णालीका कारागारलाई पुस्तक

सुर्खेत- कर्णालीका कारागारमा पुस्तकालय अभियानका लागि पुस्तक सहयोग गरिएको छ। आइतबार नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले विभिन्न विधाका एक सय ७२ थान किताब पुस्तकालयकी सहसंयोजक ज्योति कटुवाललाई हस्तान्तरण गरेकी हुन्।

ती किताबमध्ये एक सय ४३ वटा कारागार अभियानका लागि हुन्। २९ वटा प्रदेश प्रहरी पुस्तकालयका लागि रहेका छन्।

पुस्तक हस्तान्तरण गर्दै अध्यक्ष ढकालले कारागार पुस्तकालय अभियानले कैदीबन्दीमा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

प्रकाशित: ७ साउन २०८० २०:५९ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast