काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडियामा रहेका ओलीले उनीहरूसँग भेटवार्ता गरेका हुन्।
श्रीलंका पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन्।
यसअघि निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।
ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा ३ वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गरेका छन्।
निर्वाचनको पर्यवेक्षकका लागि मंगलबार राति कम्बोडिया गएका ओलीसहितको टोली सोमबार (आज) स्वदेश फर्कने कार्यक्रम छ।
अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल त्यसतर्फ गएका थिए।

                                             
                                             
                                             
                                             
                                             

