कम्बोडियामा एमाले अध्यक्ष ओलीद्वारा निर्वाचन पर्यवेक्षण

हिमाल प्रेस ८ साउन २०८० ९:११ | Monday, July 24, 2023
कम्बोडियामा एमाले अध्यक्ष ओलीद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौँ- हाल कम्बोडियामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यहाँको आम निर्वाचनको पर्यवेक्षण गरेका छन्।

आइतबार भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले स्थानीय कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो।

कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताहरुले १२५ जना विधायकहरू निर्वाचित गर्दैछन्। निर्वाचनका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरुमार्फत मतदान भएको छ।

कम्बोडियाको निर्वाचनका लागि विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक पर्यवेक्षणमा सहभागी भएका छन्। निर्वाचन पर्यवेक्षणका लागि ओली कम्बोडिया पुगेका हुन्।

 

प्रकाशित: ८ साउन २०८० ९:११ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast