कमजोर शक्तिले मुलुकको नेतृत्व गरिरहेको छ : शंकर पोखरेल

हिमाल प्रेस ११ साउन २०८० २१:२३ | Thursday, July 27, 2023
कमजोर शक्तिले मुलुकको नेतृत्व गरिरहेको छ : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन्।

एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौँमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरैभन्दा थौरै तर बलियो दल आवश्यक रहेको बताएका हुन्।

अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रूपमा रहे पनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुव्रीकरण हुन नसकेको उनले बताए।

उनले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने उनको भनाइ छ।

पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे।

प्रकाशित: ११ साउन २०८० २१:२३ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast