कक्षा १२ काे नतिजा साउनभित्रै सार्वजनिक गर्ने तयारी

हिमाल प्रेस ३ साउन २०८० २१:०३ | Wednesday, July 19, 2023
कक्षा १२ काे नतिजा साउनभित्रै सार्वजनिक गर्ने तयारी

काठमाडाैँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउन भित्र सार्वजनिक गर्ने भएको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म भएकाे कक्षा १२ को परीक्षाको नतिजा बोर्डले यही महिनाभित्र सार्वजनिक गर्ने भएकाे हाे।

परीक्षा सम्पन्न भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी भइरहेकाे बाेर्डले जानकारी दिएकाे छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको बताए।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए। रासस

प्रकाशित: ३ साउन २०८० २१:०३ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast