 काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर
                             काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति परीक्षा आफैँ सञ्चालन गर्ने भएको छ। महानगरपालिकाभित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका लागि महानगरले परीक्षा आफैँ सञ्चालन गर्ने भएको हो।
महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका छन्। मेयर शाहले काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ अनुसार छात्रवृत्ति परीक्षा महानगर आफैँले सञ्चालन गर्ने उल्लेख गरेका छन्।
‘महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि महानगरपालिकाले आफैँ नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायत छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मेयर शाहले फेसबुकमा लेखेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 